राजनीति

रास्वपा कम्पनी हो भन्नेलाई सोधियो स्पष्टीकरण

Banner

काठमाडौं, चैत ५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापति जीवनकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ।

रास्वपा कोशी प्रदेश समितिले श्रेष्ठलाई सोमबार स्पष्टीकरण सोध्दै २४ घन्टाभित्र जबाफ दिन भनेको हो। श्रेष्ठले रास्वपा पार्टी नभई कम्पनी हो भनेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ।

‘चैत ३ गते कोशी प्रदेशको आधिकारिक ग्रुपमा प्रदेश समिति सदस्य धनेश्वर शाहको ‘४ गतेको बैठक ८ गते सरेको होरु भन्ने जिज्ञासामा तपाईंले ‘यहाँ जे पनि हुनसक्छ। यो कम्पनी हो पार्टी हैन’ भन्ने अभिव्यक्ति दिई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको देखिन्छ,’ स्पष्टीकरणमा सोधिएको छ।

त्यस्तै स्पष्टीकरणमा उक्त आरोप पार्टी केन्द्र हो कि प्रदेश नेतृत्व कसलाई लक्ष्य गरिएको हो जबाफ दिन भनिएको छ।

कोशी प्रदेशका कार्यवाहक सभापति गोमा तामाङ (सरिन) छन्। उनैले स्पष्टीकरण सोधेका हुन्।श्रेष्ठले विगतमा पनि फेसबुकमा जथाभावी लेख्ने गरेको र विगतको नेतृत्वले सहेको सरिनले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>