समाचार
वडाध्यक्ष सुवेदीमाथि रड प्रहार गर्ने गिरी पक्राउ
०

पोखरा, चैत ५-
पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिमाथि गत आइतबार हातपात भएको थियो ।
शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए ।
घटनाको २ दिनपछि गिरीलाई थप अनुसन्धानको लागि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासनबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























