राजनीति

‘राजतन्त्र पुनःस्थापनाका लागि जनआन्दोलन समिति’बारे आज छलफल हुने

Banner

काठमाडौं, चैत ५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

व्यवस्थाविरोधी दल तथा समूहका व्यक्तिहरूले पूर्वपञ्च नवराज सुवेदीलाई अघि सारेर ‘राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेको विषयमा आज छलफल हुने एक नेताले जानकारी दिए।

समितिको निर्देशक समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि राखिएको छ। आफूसँग सल्लाहविनै समिति बनाइएको र आफूलाई राखिएको भन्दै लिङ्देनले असन्तुष्टि जनाएको छन्।

राप्रपाका पशुपतिशमशेर राणा, डा प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा र रवीन्द्र मिश्र पनि समिति छन्। उनीहरूले भने समितिलाई पनि स्वीकार गरेका छन्।

आइतबार बसेको कार्यसम्पादन समिति बैठकमा पनि यो विषयमा सामान्य छलफल भएको थियो। छलफल नसकिएपछि मंगलबार पनि बस्ने भनेर बैठक सकिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>