राजनीति

संविधानले नचिन्ने राजतन्त्रको बारेमा बहस गर्न उचित होइनः पन्त

Banner

काठमाडौँ, चैत ३-

नेकपा एमाले सांसद रघुजी पन्त संविधानले नचिन्ने राजतन्त्रलाई नचिन्ने भएकाले संसद्मा यस विषयमा बहस गर्न उचित नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष बोल्दै सांसद पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसद्मा बहस गर्न उचित नभएको बताएका हुन् । विभिन्न इतिहासका घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको तर्क गरे ।

राजतन्त्रको कालखण्डका दृष्टान्त प्रस्तुत गरेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका थिए । आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>