घटना -दुर्घटना

दाङमा ट्याक्टरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु,चालक फरार

Banner

दाङ, चैत ३-

तुलसीपुरको अटो भिलेज नजिकै ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

सल्यानको छत्रेश्वरी गाँउपालिका– २ घर भइ हाल तुलसीपुर उपमहागनरपालिका– ९ गौरी शंकर टोलमा बस्दै आएकी ९ वर्षीया दिपशिखा वलीको टयाक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो।

दुर्गाप्रशाद वलीको छोरी दिपशिखा तुलसीपुरमा काकफ संगीता खड्काको कोठामा बस्दै आएकी थिइन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार गौरीशंकर टोलदेखि अटोभिलेज तर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले बाटो पार गर्दै गरेकी दिपशिखालाई शनिबार दिउँसो ठक्कर दिएको थियो।

घटना लगत्तै चालक फरार भएका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

चालकमाथि कारबाहीको माग गर्दै स्थानीयले गएराति भित्री सडक बन्द गर्नुका साथै सडकमा टायरपनि बालेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area