राजनीति

सभापति देउवाद्वारा शोक व्यक्त

Banner

काठमाडौँ, चैत २-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठकी ८९ वर्षीया आमा लीलादेवी श्रेष्ठको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

सभापति देउवाले आज शोक विज्ञप्ति निकालेर स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । उहाँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । उहाँको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>