राजनीति

प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेः ज्ञानेन्द्र शाही

Banner

चितवन,चैत १-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनास गरेको आरोप लगाएका छन्।सिधा भाषामा भन्दा विदेशीको इशारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ, शाहीले शुक्रबार (आज) सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले अगाडि सोधेका छन्, भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्‍यो, तपाईंले। विदेशीको इशारामा मन्दिर, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईंले। ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईंले। क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले।

यसअघि दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई भाइमारा र मूर्ति चोरको संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न सुझाव दिएका थिए। त्यसको जवाफमा शाहीले यस्तो बताएका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>