घटना -दुर्घटना

जनकपुरमा बस दुर्घटना, २० जना घाइते

Banner

जनकपुर, चैत १-

जनकपुरमा बस दुर्घटना हुँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् । शुक्रबार जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रुबाहक बस धनुषाधाम नगरपालिकाको मालटोल चोकमा दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका हुन् ।

बस बिसौनीमा रोक्ने क्रममा दुर्घटना भएको ढल्केवर प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादवले बताए । उनका अनुसार बसमा करिब ३०-३५ जना यात्रुहरु थिए । बस बिसौनीमा रोक्न खोज्दा बे्रकले काम नगरेर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

घाइतेहरुलाई ६ वटा एम्बुलेन्स र प्रहरी भ्यानमा राखेर उपचारका लागि विभिन्न अस्पतालहरुमा लगिएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्थाको बारेमा यथेष्ट विवरण लिने काम भइरहेको जनकपुर प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>