राजनीति
उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय
०

काठमाडौं, फागुन २९–
स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन चैत ५ गते हुने छ ।
निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहनेलाई आजसम्मको समय सीमा तोकिएको छ ।
त्रिविकै विश्वविद्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनका लागि आज १ बजेसम्मको समय तोकिएको छ ।
बुधबार सम्ममा ८२ क्याम्पसमा पदाधिकारीहरू निर्विरोध भएका छन् । ०७९ को स्ववियु निर्वाचनको आँकडा अनुसार देशभर त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । ती सबैमा एकसाथ निर्वाचन गर्ने तयारी छ ।