अन्तर्राष्ट्रिय

शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान

Banner

वाशिंटन, फागुन २९-

रुस र युक्रेन बीचको युद्ध अन्त्यका लागि वार्ता गर्नका लागि अमेरिकी प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार साउदी अरेबियामा युक्रेन र अमेरिका बीचको वार्तामा ३० दिनको युद्ध विरामका लागि सहमति भएपछि यसमा रुसी सहमति जुटाउन अमेरिकी प्रतिनिधि मण्डल त्यसतर्फ गएको हो।

यस अघि नै अमेरिकी विदेशमन्त्री मार्क रुबियोले बल रुसको कोर्टमा भएको बताएका थिए। उनले रुसप्रति पनि सकारात्मक अपेक्षा राखेको बताएका थिए। साउदी अरेबियाको वार्ता सकिएपछि मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विकोफ नै रुससँग वार्ता गर्न त्यसतर्फ गएका हुन्।

ह्वाइट हाउसले यो योजना बुधबार नै बनाएको हो। रुसले भने यो प्रस्ताव पढेर निर्णय गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>