समाचार
फागु पर्वमा प्रधानमन्त्री ओलीको शुभकामना
०

काठमाडौं, फागुन २९-
प्रधानमन्त्री केपी शर्मा ओलीले फागु पर्वको शुभकामना दिएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेखेर उनले शुभकामना दिएका हुन्।
‘आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा मनाउँछौँ। वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ। शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ’, उनले लेखेका छन्, ‘हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना!’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























