समाज
मधेसका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
०

काठमाडौँ, फागुन २७-
मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।
गृहमन्त्री राजकुमार लेखीको सुरक्षागार्ड असई ४५ वर्षीय वीरेन्द्रकुमार यादवको मृत्यु भएको मधेस प्रदेशका बरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार आइतबार बेलुका पेट र छाती दुख्न दुख्न थालेपछि जनकपुरधामस्थित गोदावरी अस्पताल पुर्याएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरको नोबेल अस्पताल लगेका थिए । उपचारको क्रममा हिजो राती उनको मृत्यु भएको हो ।
सिरहा नगरपालिका–२५ सुखचैना स्थायी घर भएका यादवको शव दाहसंस्कारका लागि उनको घर पठाउने तयारी भैरहेको प्रहरीले जनाइएको छ
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























