राजनीति

जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छः महामन्त्री थापा

Banner

काठमाडौं, फागुन २७-

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए ।

‘जनता असन्तुष्ट छन् । त्यो असन्तुष्टिभित्र आक्रोश छ । यसलाई नजरअन्दाज गर्न हुँदैन,’ उनले भने, ‘यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन । जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ ।’

सांसद थापाले २०६२/०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पंक्ति पनि यतिबेला असन्तुष्ट रहेकोले संवाद गर्नु पर्ने सुझाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>