राजनीति
बिर्तामोडमा युवा संघका इन्चार्जसहित ३ जनामाथि सांघातिक आक्रमण
०

बिर्तामोड, फागुन २७-
राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ ।
हत्या गर्ने योजनासहित भएको आक्रमणबाट तीनै जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदीप राजवंशी र अजय खवासको अर्थोवार्डमा राखेर उपचार भइरहेको छ ।
आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो। खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घटना विवरण अनुसार बिर्तामोड-४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ । घर भित्र पस्नको लागि चेनगेटमा पुग्ने बित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























