राजनीति
स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता, नामावली पनि आजै प्रकाशित हुने
०

काठमाडौं, फागुन २७-
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएको छ। दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुने कार्यतालिकामा उल्लेख छ।
यसैगरी दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबीविरोध गर्नका लागि फागुन २८ गते तोकिएको छ। सोही दिन नै दुवै तर्फको दाबीविरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।
फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ भने चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























