राजनीति

शाहीले रिमाललाई भने–तपाई वडाध्यक्षको तयारी गर्नू, ओलीलाई जनताले प्रधानमन्त्रीमा चुनेका हुन् ?

Banner

काठमाडौं, फागुन २७-

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम् सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिएका छन्।

राजावादीको आइतबारको प्रदर्शन र त्यसपछिको अवस्थापछि यी दुई नेताबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलिरहेको छ। यहि क्रममा शाहीले रिमालले वडाध्यक्षको तयारी गर्न सुझाव दिएका हुन् ।

शाहीले फेसबुकमा लेखेका छन्, ‘आदरणीय भनौ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुहोस ।’

प्रधानमन्त्री ओलीलाई जनताले प्रत्यक्ष नचुनेका र दम भए जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउन पनि शाहीले रिमाललाई चुनौती दिएका छन्।

उनले लेखेका छन्, ‘अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ के प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? । लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरुलाई लुटी खाने भाँडो भयो, लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्।’

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो भीडमा प्रयोग भएपछि यी दुई नेताबीचको विवाद उत्कर्षमा पुगेको हो। उक्त विषयलाई लिएर दुवैले एकअर्कालाई कटाक्ष र तल्लोस्तरको आरोप लगाइरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>