राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई चाँडै राजगद्दीमा राख्छौंः धवल शम्शेर राणा

Banner

काठमाडौं,फागुन २६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा राख्ने दाबी गरेका छन् । नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको मुटु हल्लिएको उनको भनाइ थियो ।

राप्रपाले सोमबार सुर्खेतमा आयोजना गरेको मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरुको मुटु हल्लिएको छ । अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन ।

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने दाबी गर्दै राणाले एक महिनाको समयमा योजना बनाएर अघि बढ्ने घोषणा गरे । गणतन्त्रवादी पार्टीहरुको मुटु थर्किएपछि यिनीहरु हिजोबाट एक ठाउँ आउने योजनामा छन्, भन्दै महामन्त्री राणाले भने, अब हामी सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयताविरोधी, गणतन्त्रविरोधी, भ्रष्टाचारविरोधी एकजुट भएर यिनको सामना गर्नुपर्दछ ।

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, सँस्कृति पनि पूनःस्थापना गर्ने राणाले बताए । १४ अरब रुपैयाँ खाएर हाम्रो धर्म, रितिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टी भएको उनको आरोप छ । प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुन चैत्रमा राजधानी आउन सबैलाई आमन्त्रण गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>