राजनीति

सिटौलाको चेतावनीः पूर्वराजालाई सरकारले नै बस्न नागार्जुन दिएको हो, चाहे अहिल्यै हटाइदिन सक्छ

Banner

कैलाली,फागुन १६-

नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई आफूले नै नारायणहिटीबाट बिदा गरेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका हुन् ।

उनले सरकारले नै निर्णय गरेर नागार्जुन पठाएको भन्दै चाहेका बेला त्यहाँबाट पनि निकाल्न सक्ने चेतावनी दिए । ‘राजाबारे अलिअलि चर्चा हुन्छ मैले भन्ने गरेको छु, किन धेरै चर्चा गर्नु हामीले, म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको हुँ’, सिटौलाले भने, ‘सरकारको निर्णयले नागार्जुन निवास उहाँलाई तत्काल बस्न दिएको हो । सरकारले चाहे अहिले हटाइदिन सक्छ । सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले योबारेमा धेरै चर्चा गर्नु उपयुक्त होइन ।’

आइतबार काठमाडौंमा पूर्वराजाको पक्षमा देखिएको भीडलाई सङ्केत गर्दै उनले भने, ‘१५-२० हजार मान्छे सडकमा आउनु कुनै ठूलो कुरो होइन । धेरै चर्चा गरेर हामी आत्तिनुपर्दैन ।’ पार्टी र सरकारको बीचमा राम्रो सहकार्य हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>