राजनीति
रवि लामिछानेले भने: म बोल्ने नै मान्छे हुँ, प्रतीक्षा गर्नुहोला
०

काठमाडौँ, फागुन २६-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बोल्ने नै मान्छे भएको बताएका छन् । रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिएका उनले आफू बोल्ने मान्छे भएपनि समय कुरिरहेको प्रतिक्रिया दिएका हुन् ।
‘अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ,’ सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ। प्रतीक्षा गर्नुहोला। छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























