Breaking News

न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गदै भारतले च्याम्पियन्स ट्रफी जित्यो

Banner

काठमाडौं, फागुन २५-

भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफीको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको फाइनल खेलमा भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।

२ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमै जित हात पार्‍यो। कप्तान रोहित शर्माको नेतृत्वमा यो ९ महिनाभित्र दोस्रो आइसिसी उपाधि हो। यसअघि, उनले गत जुन २९ मा टी(२० विश्वकप जिताएका थिए।

रोहितले कप्तानी पारी खेल्दै ७६ रनको योगदान दिए। रन चेजमा श्रेयस ऐयरले ४८, केएल राहुलले अविजित ३४ र अक्षर पटेलले २९ रन बनाएर टिमलाई जिततर्फ डोर्‍याए।

बलिङतर्फ कुलदीप यादव चम्किए। उनले दुई ओभरभित्रै लगातार दुई विकेट लिँदै खेल भारततर्फ फर्काइदिए। उनले रचिन रविन्द्र र केन विलियमसनलाई पेभेलियन पठाएका थिए। न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>