राजनीति

त्रिभुवन बहुमुखी पाल्पाको स्ववियु सभापतिमा अनेरास्ववियुले अनुजालाई उम्मेदवार बनाउने

Banner

काठमाडौं,फागुन २५-

नेकपा एमालेनिकट अनेरास्ववियुले पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनुजा अर्याललाई सभापति उम्मेदवार बनाएको छ ।  चैत ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुले बिएस्सी अध्ययनरत सामाजिक अभियन्ता समेत रहेकी अर्याललाई सभापतिमा अघि सारेको हो ।

अनेरास्ववियुको क्याम्पस कमिटीले उनलाई सर्वसम्मत उम्मेदवार बनाएको र प्यानल समेत घोषणा गरिने संगठनले जनाएको छ । यसअघि अनेरास्ववियुले अधिकांश ठूला क्याम्पसमा उम्मेदवार तय गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>