राजनीति
अध्यक्ष प्रचण्डलगायत नेताहरू काठमाडौँ आइपुगे, पदाधिकारी बैठक सोमबार बिहान बस्ने
०

काठमाडौँ, फागुन २५-
प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरू काठमाडौँ आउनेक्रम जारी रहेकाले भोलि बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको हो ।
पूर्वनिर्धारित पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किरहेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि काठमाडौँ फर्किसकेको सचिवालयले जनाएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको रक्षाका लागि आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीहरूले सडकमा सक्रियता बढाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























