राजनीति

‘आन्दोलन गरेर फालिसकेको राजसंस्था फेरि फर्काउने कसैले विश्वास गर्छ ?’

Banner

काठमाडौं फागुन २५-

गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्कन नसक्ने बताएका छन् । आइतबार ९फागुन २५० सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसित उनले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नसक्ने बताएका हुन् ।

“क्रान्ति गरेर, आन्दोलन गरेर फालिसकेको राजसंस्था, राजा लोकतन्त्रमा प्रवेश गरिसकेको जनताले फेरि फर्काएर ल्याउँछ भनेर कसैले विश्वास गर्छ रु,” उनले भने ।

उनले मुलुकमा विकल्पका रूपमा राजतन्त्र हुनसक्छ भन्ने भ्रममा नबस्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव समेत दिए । केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर फैलाएको भ्रममा पूर्वराजा हौसिन आवश्यक नरहेको उनले टिप्पणी गरे ।

उनले मुलुकको लोकतन्त्र संयमित, परिष्कृत, उदार र सहिष्णु रहेको बताए । पूर्वराजाले यी सबै अधिकार स्वतन्त्रतापूर्वक उपभोग गरेर बसिरहेको उनले उल्लेख गरे । लोकतन्त्रलाई कसैले पनि कमजोरीका रूपमा नलिन उनले चेतावनी दिए । हिमालयन टेली भ्वाइस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>