राजनीति

एमाले रसुवाका अध्यक्षले किन छाडे पार्टी ?

Banner

काठमाडौं, फागुन २५-

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालले पार्टी परित्यागको घोषणा गरेका छन् । शनिवार उनले अध्यक्ष पदसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । पार्टी परित्यागको घोषणापछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नमस्कार सम्पूर्णमा कृपया कोही कसैले ठिक गरिस् वा बेठीक गरिस् भनेर फोन गर्ने कष्ट नगर्नु होला । यो मेरो निर्णय र स्वतन्त्रता हो ।’ यसअघि उनले एक टेलिभिजन अन्तरवार्ताबाट आफूले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

रसुवाका प्रेम तामाङ एमालेमा प्रवेश गरेसँगै रसुवा एमालेमा विवाद हुँदै आएको थियो । ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका छन् । ढकालले पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको समेत दाबी गरेका छन् । यस विषयमा आफूले केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधन नभएपछि पार्टीले छाड्ने परिस्थिति बनेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>