Breaking News
नामिबियासँग ६ विकेटले पराजित भयो नेपाल

काठमाडौं,फागुन २४-
कपअन्तर्गतको नेपाल-नामिबियाबीचको खेलमा नेपाल पराजित भएको छ। वर्षाका कारण रोकिएर पुनस्सुरु भएको खेल डीएल मेथोडबाट खेलाइएको थियो। २० ओभरको खेललाई १५ ओभरमा झारिएको थियो। १५ ओभरको खेलमा नामिबियाका लागि ७१ रन निर्धारण भएको थियो। नेपालले खेलमा चार विकेट लियो।
नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ७१ रन पुरा गर्यो। त्यसअघि निर्धारित २० ओभरमा ९ विकेट गुमाएर नेपालले ९२ रन बनाएको थियो। खेलमा ९३ रनको लक्ष्य लिएर मैदानमा आएको नामिबियाले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको थियो।
आज नामिबियासँग खेलिरहेको नेपाली टोलीले भोलि (फागुन २५) गते युगान्डासँग खेल्नेछ। त्यस्तै फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।
























