राजनीति
त्रिविमा नेविसंघले गरेको तोडफोडको विरोधमा उत्रियो अखिल
०

काठमाडौं, फागुन २४–
त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा भएको तोडफोड प्रति अनेरास्ववियले निन्दा गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी नेविसंघबाट निर्वाचित स्ववियु सदस्यसहितको समूहले गराइएको सो आक्रमण शिक्षण संस्थानको गरिमा र लोकतान्त्रिक अभ्यासविरुद्धको गम्भीर आघात भएको उल्लेख गरेका छन् ।
‘हिंसा र तोडफोड कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन, यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कारबाही हुनुपर्छ भन्ने जोडदार माग गर्दछु, साथै, नेविसंघको नेतृत्वलाई आग्रह गर्दछु- अराजक प्रवृत्तिमा संलग्न आफ्ना कार्यकर्तामाथि संगठनात्मक कारबाही गरी स्ववियु निर्वाचनको वातावरण स्वास्थ्य बनाउन अनुरोध गर्दछु’, उनले भनेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























