राजनीति
माओवादीको जागरण अभियान स्थगित
०

काठमाडौँ, फागुन,२४-
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको एक नेताले बताए ।
राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको ती नेताको भनाइ छ । अभियान अन्तरगत शनिबार रौतहटमा कार्यक्रम भएको छ । जहाँ अध्यक्ष प्रचण्डसहितका नेताहरू रहेका छन् ।
तर, यसपछिका अभियानलाई भने केही समय स्थगित गरेर संसदीय मोर्चामा सक्रिय रहँदै प्रतिगामी शक्तिहरूको गतिविधिलाई चिर्ने गरी पार्टी लाग्ने माओवादीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























