राजनीति
मेयर र उपमेयरमा एउटा महिला हुने सुनिश्चित गरिसकेका छौंः प्रकाशशरण महत
०

काठमाडौं, फागुन २४-
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा महिलाहरूको सहभागिता बढाउँदै जाने बताएका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले धेरै ठूलो सङ्घर्षपछि हामीले समावेशी संविधान बनाएका छौं । त्यसले स्थानीय तहदेखि संघसम्म महिलाको अधिकारलाई सुनिश्चित गरेको छ । अब यो प्राप्त अधिकार कसैले खोस्न सक्दैन । अधिकार थप्दै जान्छ । यो गठबन्धनको कारणले मेयर–उपमेयरमा महिलाको सङ्ख्या घट्यो भन्ने कुरा आएको थियो । अब गठबन्धन भए पनि नभए पनि मेयर र उपमेयरमा एउटा महिला हुने सुनिश्चित गरिसकेका छौँ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























