राजनीति

लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्नेः महासचिव गुरुङ

Banner

सिरहा, फागुन २४-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउनु सबै राजनीतिक दलको कर्तव्य भएको बताउनुभएको छ । साथै यो व्यवस्थालाई अझ सुदृढ बनाउनु पनि उनीहरुको दायित्व भएको उहाँले बताउनुएको छ ।

लहानमा आज भएको पत्रकार भेटघाटमा उहाँले जनतालाई लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउन नसक्दा केही राजावादीले जनबलमा स्थापित वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गरेका टिप्पणी गर्नुभयो ।

“नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापित गरेका हुन्”, उहाँले भन्नभयो, “सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनतालाई या व्यवस्थाप्रैति आशावादी बनाएर यसलाई अझ मजबुत बनाउनुपर्छ ।” महासचिव गुरुङले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियान’ बाट मधेसका जनतामा जागरण आएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>