राजनीति
हर्क साम्पाङले भनेः कुलमान जी, सरकारले शून्य अंक दियो भनेर चिन्ता नलिनु, मलाई पनि शून्य अंक नै देको हो
०

काठमाडौँ, फागुन २४-
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चिन्ता नलिन आग्रह गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै मेयर राईले कुलमानलाई सरकारले शून्य अंक दिएको भनेर चिन्ता नलिन आग्रह गरेका हुन्। आफूलाई पनि शून्य अंक दिएको जिकिर गर्दै उनले भने, ‘कुलमान जी, सरकारले 0 दियो भनेर चिन्ता नलिनु! मलाई पनि 0 नै देको हो!’
उनले अगाडि लेखेका छन्, ‘जनताले उनीहरूलाई फलना चोर देश छोड भन्छन्! हामीलाई देख्ने बित्तिकै फोटो खिच्नेको धुइरो लाग्छ’ जनताले कस्लाई 0 दिन्छन् भन्ने बुझिन्छ नि१ छर्लङ्गै छ!
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























