Breaking News

बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु

Banner

काठमाडौं, फागुन २३-

काठमाडौंको साँखुमा बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु भएको छ।

शंकरापुर नगरपालिका–६ सलम्बुटारमा ​द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार बिहान सवा ३ बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो।

ठक्करबाट दुई बालबालिका र एक युवकको मृत्यु भएको आश्रयस्थलका अध्यक्ष युवराज थापाले जानकारी दिए। बालबालिका सुतिरहेको टहरामा टिपर पसेको थियो।

घटनालगत्तै प्रहरीले घाइतेहरूलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्‍याएको थियो। चिकित्सकले साढे ४ बजे मृत घोषणा गरे।

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ। टिपरलाई डोजरले बाहिर निकालिएको छ। घटनाको अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>