राजनीति
राजाको पालामा खाइ पल्केकाहरुले राजा चाहेका हुन्ः महासचिव पोखरेल
०

बागलुङ, फागुन २२-
एमालेका महासचिव शंकर पोखरेलले राजा आउ, देश बचाउ भन्ने भ्रमको खेती भएको बताएका छन् । नागरिकलाई भ्रममा पार्नेहरुले यो नारा ल्याएको पनि उनको भनाइ छ ।
एमाले बागलुङको जिल्लास्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्न बिहीबार आएका पोखरेलले इतिहास नपढेकाहरुले राजाको गुणगान गाएको बताए । ‘राजाको पालामा खाइ पल्केकाहरु र इतिहासबारे थाहै नभएकाहरुले राजा चाहेका हुन्’ पोखरेलले भने, ‘निरंकुशता बुझेकाहरुले यसो भन्दैनन् ।’ उनले भ्रमको खेती धेरै नटिक्ने पनि टिप्पणी गरे ।
उनले माओवादीको पनि आलोचना गरेका छन् । सत्ताबाट बाहिरिएको माओवादीले एमाले र कांग्रेसको विरोध गरेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























