राजनीति
हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीतः सांसद पौडेल
०

काठमाडौं, फागुन २२-
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत रहेको बताएका छन् ।
अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता हुनु परेको भन्दै सांसद पौडेलले यसलाई मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत भएको बताए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले भने, ‘अमेरिकाबाट भर्खरै १० जना र केही समय अगाडि २५ गरी ३५ जना नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता भएका छन् । हातमा हत्कडी र नेल लगाएर फिर्ता गरिनु मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत छ ।’
सांसद पौडेलले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिनका लागि ‘अन्तर्राष्ट्रिय सेल’ गठन गर्न माग गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























