Breaking News
अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा लगाइयो
०

काठमाडौं, फागुन २२-
अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएर छाडेको छ ।
अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मना लगाएको हो ।
ग्रिफान एयरको बुधबार चार्टर्ड विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।
ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरुसँग विविध विषयमा सोधपुछ गरेको थियो । त्यसक्रममा उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याएको खुलेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























