राजनीति

प्रचण्ड आज सर्लाही जाँदै

Banner

सर्लाही,फागुन २२-

नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस यात्रा अभियान अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली आज महोत्तरीको कार्यक्रम सम्पन्न गरी सर्लाहीतर्फ प्रस्थान गर्ने भएको छ।

पार्टी स्रोतका अनुसार, अध्यक्ष प्रचण्ड नेतृत्वको टोली आज साँझसम्म महोत्तरीको अभियान समापन गरी हुलाकी राजमार्ग हुँदै सर्लाहीको पर्सा गाउँपालिकाको एक गाउँमा बास बस्नेछ। त्यसपछि फागुन २३ गते बिहान मलङ्गवा नगरपालिकास्थित कवडहलमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

टोली कौडेना गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका हुँदै धन्कौलतर्फ अघि बढ्नेछ। त्यहाँबाट बागमती नदी पुल पार गरी समनपुर हुँदै रौतहट प्रवेश गर्ने कार्यक्रम छ।

यस ऐतिहासिक अभियानलाई सफल बनाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई सहभागिताका लागि पार्टीले विशेष आग्रह गरेको छ। पार्टीले यस अभियानलाई सङ्गठन सुदृढीकरण, जनसमर्थन अभिवृद्धि तथा तराई–मधेसका नागरिकहरूसँग प्रत्यक्ष संवादको अवसरका रूपमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>