राजनीति

संसद् सचिवालयले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गरियोस्ः सांसद ढकाल

Banner

काठमाडौं, फागुन २१-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद् सचिवालयले दुई जना पत्रकारलाई संसद् भवन परिसर प्रवेश गर्ने पासमा लगाएको निलम्बन फुकुवाको माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरेको थियो ।

त्यसबारे प्रश्न उठाउँदै रास्वपा सांसद ढकालले दल र सरकारको दबाबमा रहेर पास खोसिएको बताए ।

‘आज संसद् सचिवालयले दुई जना पत्रकारको पास खोसेछ । दल, सरकारको प्रभाव दबाबमा रहेर जसरी पास खोसिएको छ । आज नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ ढकालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>