समाचार

यी हुन् अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली

Banner

काठमाडौं,फागुन २१-

अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली काठमाडौं ओर्लिएका छन्। नेपाल फिर्ता हुनेमा सुष्मा घर्ती, लक्ष्मण कलिल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती रहेका छन्। त्यस्तै कमलप्रकास ओली र तिर्थबहादुर थापालाई पनि निष्कासन गरिएको छ।

उनीहरू जीआरपी–२३ चार्टर विमानमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अवैध आप्रवासीविरुद्ध कडा नीति अपनाएका छन्। अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ट्रम्प प्रशासनले निष्कासन गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>