राजनीति

प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति हुन सांसदलाई एमालेको निर्देशन

Banner

काठमाडौँ, फागुन २०-

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

एमाले संसदीय दलको मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका प्रतिनिधिसभाका सदस्यलाई सन्देश पठाउँदै भोलिको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिनुभएको हो । सांसदलाई पठाइएको सन्देशमा भनिएको छ, “माननीय सदस्यहरू, भोलि १ बजे बस्ने बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।”

एमालेले प्रतिनिधिसभाको बैठकमा पेस गर्न थालिएको अध्यादेश पारित गर्नको लागि पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>