Breaking News

काठमाडौंको थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरूद्ध

Banner

काठमाडौं, फागुन २०-

काठमाडौंको थापाथली चोकनजिक मेलम्ची खानेपानीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा थापाथली चोकदेखि पूर्वतिरको सहायक सडक केहीबेर जलमग्न बनेको थियो। अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ। सडक भने अवरूद्ध नै छ।

‘पाइप फुटेको जानकारी आएलगत्तै हामीले वितरण केन्द्रबाट थापाथली क्षेत्रमा पानी पठाउन बन्द गरिसकेका छौं। फुटेको कारण पत्ता लागिसकेको छैन,’ केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले जानकारी दिए। उनकाअनुसार थापाथली क्षेत्रमा फुटेको मुख्य पाइप नै हो। पाँच सय एमएमको पाइप फुटेकाले केहीबेर जलमग्न बन्न पुगेको उनको भनाइ छ।

‘हामीले पाइप फुटेको यकिन कारण पत्ता लगाइसकेका छैनौं। लिक भएको हो भने अलग्गै कारण हुन्छ। फुटेको हो भने तेस्रो पक्षको कारण देखिनसक्छ, पानी रोकिएपछि यकिन कारण पत्ता लगाउँछौं,’ उनले भने। यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप नै फुटेको थियो। बबरमहल क्षेत्रमा पनि पाँच सय एमएमकै पाइप फुट्दा मूल सडकमै क्षति पुगेको थियो। त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्न प्वाल खन्ने उपकरणले पाइपमा क्षति पुर्‍याएकाले पाइप फुटेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>