राजनीति

प्रधानमन्त्रीले लगाएको आरोपप्रति बालनेको खण्डन ‘यो सरकारलाई भ्रमको पिएचडीको उपाधि दिए हुन्छ’

Banner

काठमाण्डौँ, फागुन १९-

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने आरोपमाथि केन्द्रित रहेर मेयर बालेन शाहले जबाफ दिएका छन्।

मेयर शाहले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भनेर भ्रम फैलाउन खोजिएको उल्लेख गरेका हुन्।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै पछिल्लो समय काठमाडौं महानगरमा कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्नेमा मेयर शाहको ध्यान पुग्न नसकेको उल्लेख गरेका थिए।

‘काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन,’ एमाले महासचिव पोखरेलले भनेका थिए।

एमाले महासचिव पोखरेलका आरोपमाथि लक्ष्य गर्दै मेयर शाहले सोमबार जबाफ दिएका छन्। यद्यपि मेयर बालेनले भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने भन्दै आफ्ना तर्फबाट प्रष्टीकरणसहित संघीय सरकारमाथि नै केही प्रश्न तेर्साएका छन्।

‘अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन्। ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो। के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर,’ मेयर शाहले भनेका छन्।

उनले भ्रष्टाचारमा जोडिएकाले प्रमुख प्रशासकीय अधिकृत महानगरले हटाएको दाबी गर्दै सरकारले के कारण हटायो भन्ने प्रश्न पनि गरेका छन्।

‘हामीले २ जना भ्रष्टहरूलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकारले उत्तिनै संख्यामा तर असल काम गरेर बसेकालाई हटाउँदा काठमाण्डौंमा असल कार्यकारी टिक्न सरकारले नै दिँदैन भन्ने अर्थ लाग्दैन र? यदि ती २ जनामध्ये कुनै एक कार्यकारी नहटाएको भए यो कुरा नै आउँदैन थियो त,’ उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>