राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा नागरिक अभिनन्दन

Banner

पोखरा,फागुन १९-

पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखराको गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म उनको नागरिक अभिनन्दन गरिएको हो।

नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल (पोखरा) ले पूर्वराजा शाहको अभिनन्दनको चाँजोपाँजो मिलाएको हो। नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल (पोखरा) सचिवालय प्रमुख अरुण गिरीका अनुसार पूर्वराजाले गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म पैदल यात्रा गरे। त्यो बीचमा पर्ने गणेश मन्दिर, भीमसेन थान, भैरव मन्दिर, विन्ध्यावासिनी मन्दिरको बौद्ध विहार र परिसरमा रहेका सबै मन्दिरमा पूजा गरेको उनको भनाइ छ।

माघ २७ गतेदेखि पूर्वराजा ज्ञानेन्द्र पोखरामा छन्। उनी परिवारका सदस्यसहित भैरहवाबाट चार्टर विमानमार्फत पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए। पूर्वराजा शाहले फागुन १३ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा पर्ने शाहवंशीय कुल मन्दिरका रूपमा परिचित आलमदेवी मन्दिरको दर्शन गरेका थिए। शाह फागुन २१ गते बुधबार बागलुङ कालिका मन्दिरको दर्शन गर्नलाई बागलुङ जाँदै छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>