राजनीति

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छौँः अध्यक्ष दाहाल

Banner

महेन्द्रनगर, फागुन १८
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न आफ्नो पार्टी सदैव लागिपरेको बताउनुभएको छ ।

धनुषाको हङ्सपुर नगरपालिकाको सोनिगामा आज आयोजित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान खबरदारीसभा’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन, सङ्घीयताको व्यवहारिक अभ्यास, समावेशी प्रतिनिधित्व र मधेसको विकासमा प्राथमिकता दिँदै आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दहालले मधेसको माग पूरा गराउन पार्टी दृढतापूर्वक लाग्ने उल्लेख गर्नुभयो । मधेसको विकासका लागि हुलाकी राजमार्गको निर्माण कार्य छिटो सम्पन्न गराउन माओवादी केन्द्रले दबाब दिने बताउनुभयो । कमला पुलको शीघ्र निर्माणबारे स्थानीयले राख्दैआएको मागप्रति आफ्नो पार्टीको समर्थन रहेको उहाँले स्पष्ट पार्नुभयो ।

माओवादी केन्द्रले जनताको भावना बुझ्न ‘घर–घर अभियान’ सञ्चालन गरिरहेको अध्यक्ष दाहालको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले मधेसी जनताको पक्षमा आफ्नो पार्टी सधैँ इमानदार रहेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>