राजनीति

एमाले सचिवालय बैठक सुरु, अध्यादेशबारे के निर्णय गर्ला ?

Banner

काठमाडौँ, फागुन १८-

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा सरकारले जारी गरेको अध्यादेशलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

सरकारले जारी गरेका ६ वटा अध्यादेश संसद्‌मा निर्णयार्थ पेस हुन सकेका छैनन्। प्रतिनिधि सभामा कांग्रेस-एमाले सहितको सत्ता गठबन्धनको बहुमत भए पनि राष्ट्रिय सभामा जनता समाजवादी पार्टी, नेपाल निर्णायक छ।

यस पार्टीले सरकारलाई समर्थन गरे पनि सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशमा आपत्ति जनाउँदै आएको छ।

सत्तापक्षले भने सबै अध्यादेश सदनमा पेस गर्ने र पास हुने दाबी गर्दै आइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>