समाचार

हिउँदे झरी रोकिएपछि देशभरको मौसम सफा

Banner

काठमाडौं, फागुन १८-

आइतबारबाट हिउँदे झरी, हिमपात रोकिएको छ। आज नेपालभर पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आइतबार कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

त्यस्तै बागमती, गण्डकी प्रदेशका हिमाली भेगमा पनि आंशिक बदलीको सम्भावना छ। बाँकी भागमा मौसम पूर्णतया सफा रहने महाशाखाले जनाएको छ।
बिहीबारदेखि पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएको थियो। पछिल्लो २४ घन्टामा देशभर छिटपुटदेखि मध्यम वर्षा भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>