राजनीति

एमाले सचिवालय बैठक भोलि

Banner

काठमाडौं, फागुन १७-
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि (आइतबार) बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा भोलि दिउँसो २ बैठक बस्न लागेको हो ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलि दिउँसो २ बजेका लागि केन्द्रीय सचिवालयको बैठक बोलाइएको जानकारी आएको तर बैठकका एजेन्डाबारे कुनै जानकारी नरहेको बताए ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भोलि दिउँसो २ बजे राखिएको जनाएको छ । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलता लगायतका विषयमा छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>