राजनीति

सरकारले दुईतिहाइको दम्भ छोड्नुपर्छः कांग्रेस नेता साउद

Banner

पोखरा, फागुन १७-

नेपाली कांग्रेसका नेता एनपी साउदले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुईतिहाइको दम्भमा बस्नु नहुने बताएका छन् ।

नेपाल भूतपूर्व सैनिक संघ, गण्डकी प्रदेशको शनिबार पोखरामा आयोजित प्रथम अधिवेशनको उद्घाटन समारोहमा उनले दुईतिहाइको दम्भ देखाएर सरकारले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउनु नहुने बताएका हुन् ।

‘सुरक्षा निकाय जस्तो गम्भीर विषयसँग सम्बन्धित विधेयकहरू दुईतिहाइको सरकारले ल्याउँदा सयभन्दा बढी सांसदहरूले संशोधन हालिसकेका छन्,’ नेता साउदले भने, ‘सरकारले ल्याएको जुन विधेयकमा सांसदहरूको क्वीक प्रतिक्रिया भएको छ । सुरक्षा निकाय जस्ता संस्थाहरूका बारेमा सरकार दुईतिहाइको दम्भमा बस्नु हुँदैन ।’

पूर्वगृहमन्त्री रहेका साउदले सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ कमजोर हुने गरी निजामति प्रशासनमा अधिकार राख्ने विषयले सुरक्षा निकायमा पर्न सक्ने दूरगामी असरका बारेमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>