बाढि पहिरो
अवरुद्ध लोकमार्ग सञ्चालन
०

खलङ्गा (दार्चुला), फागुन १७-
दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालन भएको छ ।
आज बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोगगरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























