राजनीति

बालेनलाई प्रश्न: कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् ?

Banner

काठमाडौं, फागुन १७-

नेकपा (एमाले) मा महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रश्न गरेका छन् । शुक्रबार अबेर राति सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासचिव पोखरेलले मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको भन्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘काठमाडौँ महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ। तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>