राजनीति

ट्रम्प-जेलेन्स्की वार्तापछि शंकर पोखरेलले भनेः छिमेकसँग सम्बन्ध बिग्रँदा दुःख पाइनेरहेछ भन्ने महसुस हुँदो रहेछ

Banner

काठमाडौं, फागुन १७-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीचको तिक्ततापूर्ण वार्ता बारे टिप्पणी गर्दै छिमेकसँग सम्बन्ध बिग्रँदा दुःख पाइनेरहेछ भन्ने महसुस भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीचको वार्ताको चर्चाका बीच महासचिव पोखरेलले शनिबार बिहान फेसबुकमा एक सन्देश पोस्ट गर्दै हरेक देशले आफ्नो छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने टिप्पणी गरेका हुन् ।

‘हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दोरहेछ’ उनले लेखेका छन्, ‘छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ।’

शान्ति र स्थायित्वका लागि हरेक देशले सोच्नुपर्ने उल्लेख गर्दै पोखरेलले एशियाली देशहरूले आपसी सम्बन्ध विकासमा जोड दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>