राजनीति

कांग्रेस शीर्ष नेताको बैठकमा दुई महामन्त्री अनुपस्थित

Banner

काठमाडौं, फागुन १६-

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बसिरहेको बैठकमा पार्टीका वर्तमान र पूर्वपदाधिकारी सहभागी छन् ।

बैठकमा वर्तमान कार्यसमितिका दुवै महामन्त्रीको अनुपस्थित छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा राजधानीबाहिर छन् । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबारको ‘निराशा व्याख्या र वास्तविकता’ सेसनका वक्ता रहेका थापा कार्यक्रम सकेपछि हवाइ मार्गबाट काठमाडौं आउने र बैठकमा सहभागी हुने तालिका थियो । तर खराब मौसमका कारण जहाज उड्न नसक्दा उनी स्थल मार्गबाट काठमाडौं आइरहेका छन् । यसअघि बिहीबार उनी पोखरामै भएको लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा सहभागी भएका थिए ।

अर्का महामन्त्री शर्मा गृह जिल्ला झापामा छन् । शर्मा २३ फागुनमा मात्रै काठमाडौं आउने भएका छन् । अध्यादेश, संसद्मा दर्ता भएका विधेयक, भ्रातृ संस्थाको अधिवेशन लगायतमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>